News Portal

  • रियलमीको अहिलेसम्मकै सबैभन्दा स्लिम मोडल रियलमी १० नेपालमा

    ८ जिबी र्याम र १२८ जिबि रोम, मुल्य रु.२९,९९९/–

    आर्थीकसंसार संवाददाता१८ फागुन, २०७९
    ३३३ पटक
    १८ फागुन, २०७९

    काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो १० नम्बर सिरिजको दोश्रो मोडल रियलमी १० नेपाली बजारमा सार्वजनिक गरेको छ । बजारमा अहिले यो मुल्यमा उपलब्ध फोनहरु मध्य यो मात्र यस्तो फोन हो जसमा मेडियाटेक हेलियो जी९९ प्रोसेसर र ९० हर्जको एमोलेड डिस्प्लेको कम्बो रहेको छ, त्यसैले यसलाई कम्पनीले पावर किङको रुपमा प्रस्तुत गरेको छ । नेपाली बजारमा अहिले यो ८ जिबी ¥याम र १२८ जिबि रोमको स्टोरेज अप्सनमा उपलब्ध रहेको छ भने मुल्य रु.२९,९९९÷ रहेको छ ।


    सेग्मेन्टकै एक मात्र ९० हर्ज एमोलेड डिस्प्ले र मेडियाटेक जी ९९ चिपसेटको कम्बो
    बजारमा यहि मुल्यका फोनहरुमा कि त एलसिडि अथवा पुरानै स्न्यापड्रागन ६८० चिपसेट प्रयोग गरिएको हुन्छ तर रियलमी १० मात्र एउटा यस्तो मोडल हो जुनमा ९० हर्जको एमोलेड डिस्प्ले र मेडियाटेक जी ९९ चिपसेट प्रयोग गरिएको छ । जसको मतलब हुन्छ फोन चलाउँदा भिजुअल एक्स्पिरियन्स अझ राम्रो हुन्छ किनकी रंगहरु प्रष्ट हुन्छन् र औँलाको दागहरु धेरै बस्दैनन् । कर्निङ गोरिल्ला ग्लास ५ डिस्प्ले भएको यस रियलमी १० मा १००० निट्सको ब्राइट्नेस भएकोले दिउँसो पनि राम्रोसँग स्क्रिन देखिन्छ ।
    यो भन्दा अगाडिको मोडल रियलमी ९ मा भन्दा रियलमी १० मा रहेको प्रोसेसर (एसओसि) को पावर पर्फर्मेन्स ४०% ले बढी छ जसले गर्दा फोन चलाउँदा ल्यागिङ कम र सिस्टम पर्फर्मेन्स स्मुथ हुन्छ ।
    त्यस्तै यसमा रहेको सिक्स एनएम टेक्नोलोजीले गर्दा सिपियु पर्फर्मेन्स २५%ले, जिपियु पर्फर्मेन्स ७८% ले बढाउनुको साथै समग्र पावर खपत चाँही २०% ले घटाएको छ । त्यस्तै यसको एनटुटु बेन्चमार्क स्कोर ४०००८४ रहेको छ जुन अहिले बजारमा उपलब्ध जी९९ पावर्ड स्मार्टफोनहरु मध्य सबैभन्दा धेरै हो ।
    बजेट फोनमा उत्कृष्ट गेमिङ एक्स्पिरियन्स लिन चाहने उपभोक्ताहरुको लागि त यो फोन अत्यन्तै उपयुक्त रहेको छ । यसमा ब्यालेन्स्ड मोडमा ४० एफपिएसमा पबजी खेल्न मिल्छ ।
    १६ जिबिको ठुलो डाइनामिक ¥याम
    सिस्टम एक्स्पिरियन्सलाई अझै स्मुथ बनाउन यसमा ८ जिबिको ¥याम र १२८ जिबिको रोम प्रदान गरिएको छ जसमा ३२००० सम्म फोटोहरु स्टोर गर्न मिल्छ भने यसको स्टोरज अझै १ टिबिसम्म बढाउन मिल्छ ।
    यो मुल्यमा उपलब्ध हुने प्राय फोनहरुमा इएमएमसि ¥याम राखिएको हुन्छ तर रियलमी १० मा LPDDR4X र्याम  राखिएको छ जसले अझ छिटो र स्मुथ तरिकाले एपहरु स्विच गर्न र फाइलहरु रिड र राइट गर्न सकिन्छ । त्यस्तै गेमिङको लागि पनि अझै स्टेबल फ्रेम्र रेट हुन्छ । त्यस्तै रियलमी १० मा ८ जिबि सम्मको भर्चुअल ¥याम राखिएको छ जसले गर्दा ¥यामको स्टोरेज १६ जिबि सम्म बढाउन मिल्छ । यसले गर्दा १८ वटासम्म एपहरु स्ट्यान्ड बाइ मोडमा चलाउन सकिन्छ जसले गर्दा प्रयोगकर्ताहरुले आफ्नो फेभरेट एपहरु स्मुथ तरिकाले न्याभिगेट गर्न सक्छन् ।
    रेटिङको कुरा गर्नुपर्दा रियलमी १० ले TÜV SÜD 36– मन्थ फ्लुएन्सी रेटिङमा ए पाएको छ जुन यो स्ट्यान्डर्डको फोनहरुमा सबैभन्दा धेरै हो । र यसको कारण हो – यसको पावरफुल चिपसेट र स्टोरेज सपोर्ट । प्रयोगकर्ताहरुले सकेसम्म स्मुथ तरिकाले फोन चलाउन पाउन् भनेर यो फोनमा एजिङ प्रोसेस, रिपिटेड एप लन्च र फाइल लोडिङ टेस्ट जस्ता अन्य धेरै टेस्टहरु गरिएको छ ।
    स्लिम बडीमा पावरफुल ब्याट्रि
    रियलमी १० मा ५००० एमएएचको शक्तिशाली ब्याट्रि भएकोले गर्दा दिनभरी नै आरामसँग फोन चलाउन सकिन्छ भने ३३ वाटको फास्ट चार्जिङ रहेकोले २८ मिनेटमै ब्याट्रि ०% बाट ५०% सम्म चार्ज हुन्छ ।
    र सबैभन्दा महत्त्वपूर्ण कुरा त के छ भने एकदमै शक्तिशाली ब्याट्रि जडान गरिएको भए तापनि यो मोडल अहिलेसम्म रियलमीले निकालेको सबैभन्दा स्लिम सेट हो । त्यस्तै यसको वजन रहेको छ १७८ ग्राम, जुन अत्यन्तै हलुका हो । यस्तो हलुका भएकोले गर्दा दिनभरी गेम खेल्दा अथवा अन्य कुनै कामको लागि फोन प्रयोग गर्दा पनि हातमा दबाव महसुस हुँदैन ।
    पावर मिट्स स्टाइल: लाइट पार्टिकल डिजाइन
    स्टाइल त रियलमी फोनहरुको अभिन्न अंग नै हो । प्रकाशको गतीमा चल्ने लाइट पार्टिकलहरुबाट प्रेरित भएर रियलमी फोनहरुको डिजाइनमा पनि लाइट पार्टिकल नै फिचर गरिएको छ । रियलमी १० मा ६ लेयरको एउटा विशेष किसिमको कोटिङ गरिएको छ जसले गर्दा स्टनिङ ग्लसी फिनिश र 3D टेक्स्चर त आइ नै हाल्छ, साथै फिङरप्रिन्टहरु पनि कम देखिन्छन् ।
    ५० एमपिको कलर एआइ क्यामरा र १६ एमपिको सेल्फी क्यामरा
    रियलमी १० मा ५० एमपिको मुख्य क्यामरा र १६ एमपिको सेल्फी क्यामरा राखिएको छ । जुन यो मुल्यमा उपलब्ध हुने फोनहरुमा पाइने मध्य सबैभन्दा धेरै हो । त्यस्तै यसको मुख्य क्यामरामा भएको ५० मिलियन पिक्सेलको सामसँग जेएन१ सेन्सरले गर्दा फोटोहरु असाध्यै उत्कृष्ट आउँछन् । त्यस्तै प्रो–लाइट टेक्नोलोजी युक्त नाइट मोडबाट धेरै नोइज हटाएर फोटो खिच्न सकिन्छ भने प्रोसेसर पर्फर्मेन्सले गर्दा शटर स्पिड पनि १२१% ले सुधारिएको छ ।
    हाइ रेजोल्युसन सेल्फी क्यामरा र इन्ह्यान्स्ड नाइट शट युक्त यस रियलमीमा भएको स्ट्रिट फोटोग्राफी मोड २.० मा म्यानुअल्ली नै फोकस जोन कन्ट्रोल गर्न मिल्छ भने जुम इन र जुम आउट पनि आरामसँग गर्न मिल्छ ।
    उपभोक्ता केन्द्रित फिचरहरु
    यो भन्दा अगाडिका मोडलहरुमा ३.५ एमएमको हेडफोन ज्याक र २००% अल्ट्रा बुम स्पिकर राखिएको थियो जुन उपभोक्ताहरुले एकदमै मन पराएका थिए । त्यही कारणले रियलमी १० मा पनि यी दुईवटै फिचरहरु समावेश गरिएका छन् । अल्ट्रा बुम् स्पिकर मार्फत उपभोक्ताहरुले पार्टी अथवा अन्य कुनै रमाइला पलहरुमा बस्टेड भोल्युममा हाइ रेजोल्युसन साउन्डको मजा लिन सक्नेछन् ।
    आकर्षक क्ल्याश व्हाइट र रस ब्ल्याक रंगमा नेपाली बजारमा अहिले रियलमी १० को स्टोरेज ८ जिबी ¥याम र १२८ जिबि रोम रहेको छ भने मुल्य २९,९९९÷ रहेको छ ।

    प्रतिकृया दिनुहोस्