आर्थीकसंसार संवाददाता१६ फागुन, २०७९
१६ फागुन, २०७९काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले लाभांश पारित गर्न चैत १७ गते १८ औं साधारण सभा बोलाएको हो ।
सभाले गत वर्षको नाफाबाट संचालक समितिले प्रस्ताव गरेको ८.५३४ बोनस सेयर र ०।४४९ प्रतिशत नगद लाभांश गरी कुल ९.०३३ प्रतिशत लाभांश पारित गर्नेछ ।
यस्तै, बैठकले साधारण सभा प्रयोजनको लागि फागुन २८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ फागुन २६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज(नेप्से) कम्पनीको सेयरधनीको रुपमा कायम भएकाहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।