काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १.०५ प्रतिशत बढेर १० करोड ४९ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ४८.२६ प्रतिशत बढेर ५० करोड ९६ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३४ करोड ३७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
पुस मसान्तसम्ममा कम्पनीको खुद दावी भुक्तानी ३०.५५ प्रतिशत बढेर २४ करोड ४० लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ६९ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो ।
यस अवधिमा कम्पनीले अभिकर्तालाई १ करोड ३५ लाख रुपैयाँ कमशिन दिएको छ । कम्पनीको पुनर्बीमाबाट १४ करोड ४२ लाख रुपैयाँ कमिसशन आय र लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी २ करोड ९४ लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ९.५० प्रतिशत बढेर १ अर्ब ३१ करोड २८ लाख रुपैयाँ, जगेडा कोष १९ प्रतिशत घटेर २५ करोड ३७ लाख रुपैयाँ र बीमा कोष ९ प्रतिशत बढेर ८४ करोड ४९ लाख रुपैयाँ र महाविपत्ति कोष ४ करोड २३ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको कुल बीमा शुल्क आर्जन ९७ करोड २१ लाख रुपैयाँ, बीमा लेख जारी संख्या ७४ हजार २१३ वटा, कुल दावी भुक्तानी रकम ५१ करोड ८२ लाख रुपैयाँ रहेको छ । २ हजार ६५५ वटा दावी वापत ७१ करोड ४४ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।
समिक्षा अवधिमा कम्पनको प्रतिसेयर आम्दानी १५.९८ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १८६.९८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २३.९१ गुणा रहेको छ ।