काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २३.६२ प्रतिशत बढेर ११ करोड ६१ लाख ८४ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क ०.८४ प्रतिशत बढेर १ अर्ब १७ करोड २० लाख ६ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १६ करोड २१ लाख ७० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
यस्तै, समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १२६.५९ प्रतिशत बढेर ३१ करोड ३५ लाख ९० हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ८३ लाख ९५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ, जगेडा कोष ८ प्रतिशत बढेर ३५ करोड ९० लाख रुपैयाँ, जीवन बीमा कोष ४४.३८ प्रतिशत बढेर ४ अर्ब ८ करोड ५३ लाख रुपैयाँ र महाविपत्ति कोष ४ करोड ४८ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६२ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ १९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३७.७८ गुणा रहेको छ ।
सानिमा लाईफको दाबी भुक्तानीमा १२६.५९ प्रतिशत छलाङ, नाफा २३ प्रतिशत बढ्यो
आर्थीकसंसार संवाददाता२५ माघ, २०७९
२५ माघ, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?