News Portal

  • आइएमई जनरल इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम संचालन गर्दै

    आर्थीकसंसार संवाददाता१८ माघ, २०७९
    ३०९ पटक
    १८ माघ, २०७९

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले निर्जिवन बीमा अभिकर्ता आधारभुत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले अभिकर्ता भई काम गर्न चाहाने ईच्छुकका लागि यस्तो तालिम संचालन गर्न लागेको हो । कम्पनीले यहि माघ २५ गतेदेखि २७ गतेसम्म सो तालिम सञ्चालन गर्न लागेको हो ।
    तालिम लिन इच्छुकले नेपाली नागरिकताको फोटाकपीको प्रतिलिपी, शैक्षिक गोग्यताको प्रमाणपत्र, हालसालै खिचाइएको फोटोकपी, उद्धोष पत्र, स्थायी लेखा नम्बर र तालिम शुल्क १ हजार रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । उक्त तालिममा सहभागि हुनको लागि यहि माघ २४ गतेभित्र कार्यालयमा निवेदन सहित आवश्यक कागजात पेश गर्न आग्रह गरेको छ ।
    उक्त तालिम कम्पनीको प्रधान कार्यालय नाराणचौर नक्साल काठमाडौंमा विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म संचालन हुनेछ । तालिममा ५० जनाभन्दा बढी सहभागी नराउने भएको हुँदा इच्छुकले यथाशिग्र सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्