धुलीखेल । राष्ट्रिय वाणिज्य बैंक लि.को आ.व.२०७९÷०८० अर्धवार्षिक प्रगति बिवरणको दुई दिवशीय समीक्षा गोष्ठी हालै सम्पन्न भएको छ ।
धुलीखेलस्थित हिमालय दृश्य रिसोर्टमा सम्पन्न भएको उक्त गोष्ठीको समुद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले गोष्ठीको उद्देश्य एवम् स्वागत मन्तव्य राख्नुभएको थियो भने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमाार श्रेष्ठले पानसमा दिप प्रज्ज्वलन गरी गोष्ठीको समुद्घाटन गर्नुभएको थियो भने ब्रान्च अपरेशन बिभागका बिभागीय प्रमुख आनन्द सुवेदीले उक्त गोष्ठी कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
बैंकका सातवटै प्रादेशिक कार्यालयका प्रादेशिक कार्यालयका प्रमुखहरु, २३ वटा बिभागका बिभागीय प्रमुखहरु, बैंकका उपकार्यकारी अधिकृतहरु एवम नायब प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता रहेको उक्त गोष्ठीमा समुद्घाटन मन्तव्य व्यक्त गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृतले गत श्रावणमा सम्पन्न भएको लक्ष्य प्रगति तथा बजेट कार्यान्वयन रणनीतिक गोष्ठीमा निर्धारण गरिएका अधिकांश सूचकहरु सन्तोषजनक रुपमा पूरा भएको कुरा बताउनुभएको थियो । साथै बैंकको मुख्य जिम्मेवारीमा रहनुभएका बिभागीय प्रमुख तथा प्रादेशिक प्रमुखहरुले बजारमा कर्जा लगानी र निक्षेप संकलन जस्तो महत्वपूर्ण कार्यमा आफूलाई पूर्ण रुपमा समर्पित गरी बजारमा देखिएको प्रतिष्पर्धामा आफूहरुलाई खरो रुपमा उत्रनको लागि बिशेष निर्देशन दिनुभयो ।
सहभागी प्रादेशिक प्रमुखहरु र बिभागीय प्रमुखहरुले आ–आफ्नो कार्यालयको प्रस्तुतिकरण गर्नुभएको थियो, उक्त प्रस्तुतिकरणमा बैंकका प्रमुख कार्यकारी अधिकृत नायव प्रमुख कार्यकारी अधिकृत र उप कार्यकारी अधिकृतहरुले जिज्ञासा एवम् सुझावहरु राख्नुभएको थियो ।
गोष्ठीको अन्तमा बैंकका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत र उप कार्यकारी अधिकृतहरुले अव हामीहरुले खेल्नुपर्ने भूमिकाको बारेमा मन्तव्य राख्नुभएको थियो भने सहभागीहरुले प्राप्त निर्देशनहरुलाई आत्मसात गर्दै लक्ष्यहरुलाई समयमै पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
राष्ट्रिय वाणिज्य बैंकको अर्ध वार्षिक समीक्षा गोष्ठी सम्पन्न
आर्थीकसंसार संवाददाता१६ माघ, २०७९
१६ माघ, २०७९- ६ महिनामा बैंकहरूले बढाए साढे २ खर्ब लगानी, यी ४ बैंकको घट्यो
- बलत्कार पीडितको उद्धारमा संलग्न संस्थालाई ओरिएण्टलको आर्थिक सहयोग
- संस्थापकले बिक्रीमा राखे एनएमबि बैंकको सेयर, सर्वसाधारणले समेत किन्न पाउने
- क्रेस्ट माइक्रो लाइफको आईपीओ बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?
- आरविवि मर्चेन्ट बैंकिङको १० औं वार्षिकोत्सव सम्पन्न
- सिटिजन्स बैंक र बाईकर्स क्याफेबीच समझदारी
- लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई दियो २ लाख ४५ हजार
- गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा छुट
- लक्ष्मी सनराइज बैंकको अगुवाईमा घुन्सा खोला जलविद्युत्का लागि जुट्यो लगानी
- चन्द्रागिरी हिल्समा सूर्यज्योति लाइफका एमडिआरटी अभिकर्ताको भव्य सम्मान्