News Portal

  • मेटलाइफ नेपाल र एनसीएचएल बिच डिजिटल भुक्तानी सम्झौता

    आर्थीकसंसार संवाददाता१० माघ, २०७९
    २९१ पटक
    १० माघ, २०७९

    काठमाडौं । मेटलाइफ नेपाल र नेपाल क्लियरिङ्ग हाउस ९एनसीएचएल० बीच सम्झौता भएको छ । मेटलाइफले डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचको लागि एनसीएचएलसँग सम्झौता गरेको हो ।
    एनसीएचएलको नेटवर्कमा धेरै बैंक वित्तीय संस्थाहरु आवद्ध भएकाले उक्त सम्झौता पश्चात मेटलाइफका ग्राहकलाई प्रिमियम भुक्तानी गर्न तथा मेटलाइफबाट भुक्तानी प्राप्त गर्न पनि थप सहज हुने कम्पनीले बताएको छ ।
    त्यसैगरी, मेटलाइफ नेपालले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, सर्वेयर भुक्तानी, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरु स्वचालित रुपमा गर्न सक्नेछ ।
    सम्झौता पत्रमा मेटलाइफका तर्फबाट संस्थाका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
    एनपिआई अन्तर्गत एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपिआईमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् ।
    यस्तै, अन्य भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ८० भन्दा बढी गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्टरप्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

     

    प्रतिकृया दिनुहोस्