News Portal

  • मादमे खोला जलविद्युतको वित्तीय व्यवस्थापन

    आर्थिकसंसार संवाददाता२० साउन, २०७७
    १००४ पटक
    २० साउन, २०७७

    काठमाडौं । कास्कीमा आयोजनास्थल रहेको मादमेखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । कूल २४ मेगावाट क्षमताको सो आयोजनामा एनएमबी बैंकको अगुवाइमा अन्य तीन संस्थाले संयुक्त लगानी गर्ने भएका छन् ।
    मादमे खोला हाइड्रोपावर प्रालिका अध्यक्ष सुसन कर्माचार्यका अनुसार एनएमबी बैंकसँग लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो । नेपालको ऊर्जा क्षेत्रमा लगानी गरिरहेको अग्रणी बैंक एनएमबीले सो आयोजनामा रु. एक अर्ब ५० करोड लगानी गर्ने भएको छ । आयोजनाको कूल लागत रु. चार अर्ब ४८ करोड रहेको छ ।
    वित्तीय लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी र कम्पनीका तर्फबाट अध्यक्ष कर्माचार्यले हस्ताक्षर गरेका थिए । आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी रहनेछ । आयोजनामा कर्मचारी सञ्चय कोष, प्रभु बैंक र एनआइसी एशिया बैंकले समान रुपमा रु. ५०÷५० करोड लगानी गर्नेछन् । बाँकी रहने लगानी भने प्रवद्र्धक कम्पनीले लगानी गर्नेछ ।
    प्रवद्र्धक कम्पनीका अनुसार आगामी तीन वर्षभित्र आयोजनाले विद्युत उत्पादन गर्नेछ । उत्पादित विद्युत १९ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको मादी सवस्टेशनमा जोडिनेछ ।

    प्रतिकृया दिनुहोस्