काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)ले उत्कृष्ट कार्य गर्ने आफ्ना अभिकर्ता एवम् एजेन्सी म्यानेजरलाई सम्मान गरेको छ । कम्पनीले उत्कृष्ट कार्य सम्पादन गर्ने कम्पनीका ४०० भन्दा बढी अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथीका रुपमा एलआइसी इण्डियाका नं१ अभिकर्ता भरत पोरेखले आफ्ना अनुभव बाड्दै अभिकर्ताहरुलाई उत्प्रेरित गरेका थिए ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देश एलपी दासले वर्तमान विषम परिस्थितीको वावजुद पनि यस बीमा कम्पनीले बीमाको माध्यमबाट मानिसको जीवनमा आइपर्ने जोखिमलाई न्युनिकरण गरी आम नागरिकको विश्वास जित्न सफल भएको कुरा बताए ।त्यस्तै, उनले कम्पनीलाई सफलताको यस उचाईमा पुर्याउन सहयोग गर्ने अभिकर्ताहरुलाई धन्यावाद ज्ञापन समेत गरे ।
करिब २३ वर्षअघि स्थापना भएको यस कम्पनीले आफ्ना बीमितहरुलाई निरन्तर रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आएको छ ।
एलआइसी नेपालले गर्यो उत्कृष्ट कार्य गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई सम्मान
आर्थीकसंसार संवाददाता२० कार्तिक, २०७९
२० कार्तिक, २०७९- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह