आर्थीकसंसार संवाददाता३१ असोज, २०७९
३१ असोज, २०७९काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा असोज महिनाको ब्याजदरलाई निरन्तरता दिएको छ ।
बैंकले कात्तिक महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि अधिकतम् ९.१३३ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ १०.१३३ प्रतिशत र ब्यक्तिगततर्फ १२.१३३ प्रतिशतसम्म ब्याजदर निर्धार गरेको छ ।
बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा ६ प्रतिशतसम्म प्रिमियम लिने भएको छ । बैंकको भदौ महिनासम्म बेसरेट ८.२० प्रतिशत रहेको छ भने ब्याजदर अन्तर ४.२६ प्रतिशत रहेको छ । यसअघि बैंकको बेसरेट ७.८६ प्रतिशत रहेको थियो ।