News Portal

  • नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्स्प्रेस फाइनान्सलाई प्राप्ति गर्ने

    आर्थीकसंसार संवाददाता८ असोज, २०७७
    ६०३ पटक
    ८ असोज, २०७७

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्स्प्रेस फाइनान्सलाई प्राप्ती गर्ने भएको छ । प्राप्तीकै लागि आगामी असोज २८ गते विशेष साधारणसभा बोलाएको छ । बैंकले सिटी एक्स्प्रेस फाइनान्सलाई प्राप्ति गर्ने प्रयोजनको लागि सो दिन विशेष साधारणसभा डाकेको हो । उक्त निर्णय असोज ७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।
    विशेष साधारणसभामा जाने प्रयोजनको लागि बैंकको असोज १६ गतेदेखि विशेष साधारणसभा सम्पन्न नभएसम्म अर्थात असोज २८ गतेसम्म बुक क्लोज हुने छ । उक्त सभा सो दिन बिहान १० बजे वेविनार मार्फत हुने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्