काठमाडौं । इसेवाले नेपालीहरूको महान चार्ड दशैंको उपलक्ष्यमा ‘दशैंको उमङ्ग, डिजिटल सपिङ्गसँग’ उपहार योजना सार्वजनिक गरेको छ । दशैंको बेला आम मानिसलाई अनलाइबाट कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले दशैंको अवसर पारेर इसेवाले यस्तो योजना सार्वजनिक गरेको हो ।
यस योजना असोज १० गते देखि असोज २४ गतेसम्म सञ्चालन हुनेछ । यस योजना अन्तरगत इसेवा एपमा रहेको रु एक स्किममा भाग लिइ विभिन्न आकर्षक उपहार प्राप्त गर्न सकिन्छ । इसेवा दशैं स्पेशलमा गइ रु १ मा भाग लिँदा एक जना भाग्यशाली विजेताले काठमाडौं देखि नयाँ दिल्ली सम्मको हवाइ टिकट प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी रु १ मै दुईजना भाग्यशाली विजेताले रियलमी नाइन आई फाइभ जि मोबाईल प्राप्त गर्न सक्नेछन् भने २० जनाले इसेवाको प्रिभिलेज हेल्थ इन्स्योरेन्स् प्याकेज प्राप्त गर्न सक्नेछन् । रु १ अफरमा सहभागी भइ विजेता बन्न नसकेका व्यक्तिहरुको एक रुपैयाँ फिर्ता हुनेछ ।
त्यस्तै, प्रयोगकर्ताले इसेवामा दशैं अफर सेग्मेन्टमा गइ विशेष छुटमा टप ब्राण्डहरु सिजि, आइएनए सेन्टर, आइटिटिआइ लगायतका ब्राण्डका मनपर्ने वस्तुहरु खरिद गर्न सकिन्छ । विशेष छुटमा रेफ्रिजेरेटर,ल्यापटप,वाशिङ्ग मेसिन, माइक्रोवेभ, इलेक्ट्रिक गिजर, हिटर, भ्याकुम क्लिनर, परफ्युम लगायत विभिन्न वस्तुहरु खरिद गरी मौकाको फाइदा उठाउन सकिनेछ ।
यस अफर अवधिभर अन्तराष्ट्रिय गन्तव्यको टिकट काट्दा एक जनाले काठमाडौ कतारको राउण्ड ट्रिप टिकट प्राप्त गर्न सक्नेछन् । इन्टरनेटको बिल तिर्ने प्रयोगकर्तामध्ये मध्ये हरेक दिन एक जनाले शतप्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् ।
यस्तै दराज डिस्काउन्ट भौचरमार्फत रु एक सय देखि एक हजार एकसयसम्मको खरिद गर्दा २५० रिवार्ड पोइन्ट ,दुईसय देखि २१ सय सम्म ५ सय, ५ सय देखि ५१ सय सम्मको खरिदमा १२५० रिवार्डपोइन्ट पाउन सकिन्छ । यस अफर अन्तरगत इसेवा मार्फत क्यूआर गर्दा गोकर्ण रिसोर्टमा ५ प्रतिशत,क्लव हिमालयमा १० प्रतिशत,हाम्रो श्रृंगारमा ५ प्रतिशत,टिएस आरमोराईमा २० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।
इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६५ लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ ।
इसेवाले ल्यायो दशैंको उमङ्ग, डिजिटल सपिङ्गसँग उपहार योजना
आर्थीकसंसार संवाददाता१३ असोज, २०७९
१३ असोज, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?