काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय पोखराले बृहत जीबन बीमा अभिकर्ता तालिम, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा गत आर्थिक वर्षमा बिभिन्न बिधामा उत्कृष्ठ ब्यबसाय गरेबापत अभिकर्ताहरुलाई सम्मान गरिनुका साथै यस आर्थिक वर्षमा समेत उत्कृष्ट ब्यबसाय गरेका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो।
कम्पनीका क्षेत्रिय प्रमुख हरि शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कम्पनीको पोखरा क्षेत्रीय कार्यालयका बरिस्ठ मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सेनाले सहजिकरण गर्नुभएको थियो भने सिनियर एजेन्सी मेनेजर लक्ष्मण भट्टराईले स्वागत मन्तब्य राखेका थिए ।
त्यसैगरी एजेन्सी मेनेजर बाबुराम लामिछाने, बिनिता सुबेदी भण्डारी, गणेश कुमार श्रेष्ठ, नारायणी भण्डारी सुबेदी, सुरेन्द्र मोहन अधिकारीले आ आफ्नो धारणा राखेका थिए। कम्पनीका एजेन्सी मेनेजर एमडीआरटी कृष्ण बहादुर भट्टराईले जीबन बीमाको समसामयिक विषयमा चर्चा गरेका थिए ।
सयौ संख्यामा उपस्थित कम्पनीका टप लिडरहरुलाई क्षेत्रीय प्रमुख हरि शर्मा पौडेल,बरिष्ठ मार्केटिङ अधिकृत द्वय श्याम प्रसाद तिमिल्सेना एवं प्रकाश रेग्मीले प्रशिक्षण दिएका थिए ।
साथै कार्यक्रममा आउँदै गरेको बडा दसैँको शुभकामना आदानप्रदान पनि गरिएको थियो।
गुराँस लाइफ इन्स्योरेन्सको अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न
आर्थीकसंसार संवाददाता१२ असोज, २०७९
१२ असोज, २०७९- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- नबिल बैंकको नगद लाभांश घोषणा
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न