आर्थीकसंसार संवाददाता५ असोज, २०७९
५ असोज, २०७९काठमाडौं । सन नेपाल लाइफइन्स्योरेन्स कम्पनीको पाँच औं वार्षिकोत्सवको अवसरमा विभिन्न शाखाले बीमा सचेतना कार्यक्रम संचालन गरेको छ । यसैक्रममा गुल्मी शाखाद्धारा रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीमाझ बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीले आयोजना गरेको बीमा सचेतना कार्यक्रममा प्रशिक्षण भने गुल्मी शाखा प्रमुख सन्तोष कुँवर क्षेत्रीले प्रदान गरेका थिए । साथै उक्त कार्यक्रममा विद्यार्थी सहित क्याम्पसका प्राध्यापकहरु, कम्पनीका मार्केटिङ म्यानेजर तथा कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।