News Portal

  • पूँजी वृद्धि गर्न एलआइसी नेपालले ८८.४५ प्रतिशत हकप्रद निष्काशन गर्ने

    आर्थीकसंसार संवाददाता१४ भदौ, २०७९
    ४६० पटक
    १४ भदौ, २०७९

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी) ले हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीको १३ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
    बीमा समितिले चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिएपछि कम्पनीले हकपद जारी गर्ने निर्णय गरेको हो । कम्पनीलाई चुक्ता पूँजी वृद्धि गर्न बाध्यता परेकोले हकप्रद सेयर जारी गर्न लागेको हो ।
    कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको हो । हकप्रद सेयर निष्काशन पश्चात् कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।
    कम्पनीलाई बीमा समितिबाट स्वीकृत भएर आगामी साधारण सभाले पारित गरेपछि मात्रै कम्पनीले हकप्रद सेयर निष्काशन गर्नेछ ।

    प्रतिकृया दिनुहोस्