काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेय र नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेयलाई पितृ शोक परेको छ । लखनउ विश्वविद्यालयबाट एमए गरेका मृतक दुर्गा प्रकाश पाण्डेयले सन् १९५८ देखि १९९४ सम्म विभिन्न पदमा रहेर काम गरेका थिए ।
उनले सन् १९५८ देखि पाटन कलेजबाट लेक्चरर हुँदै सरकारकी सेवा सुरुवात गरेका थिए । त्यस पछि उनि सन् १९६१ मा पर्यटन विभागमा सेक्सन अफिर भए । पाण्डेय १९६६ मा मन्त्रिपरिषद सचिवालयमा उपसचिव थिए । सन् १९७० मा भन्सार विभागका निर्देशक तथा महानिर्देशन भए । सन् १९८२ मा महावाणिज्य दुतावास कोलकाताको महावाणिज्य दूत भएर काम गरे । सन् १९८७ मा पाण्डेय वीरगन्ज चिनी कारखानाको अध्यक्ष तथा महाप्रवन्धक भएका थिए । १९८८ मा पाण्डेय आपुर्ती मन्त्रालयका अतिरिक्त सचिव समेत भएका थिए । यस लगत्तै १९८९ मा आपुर्ती मन्त्रालयकै का.मु सचिव भएर काम गर्ने अवसर प्राप्त गरेका थिए । उनि १९९० मा वाणिज्य मन्त्रालयको सचिव भएर सन् १९९४ मा सेवावाट अवकाश भएका थिए ।
उनले आफ्नो जीवनकालमा केहि विशेष कार्य समेत गरेका छन् । पाण्डेयले नेपाल भारत वाणिज्य तथा पारवहनसम्बन्धी विषयहरुको सरकारी वार्ता तथा बैठकहरुमा नेपालको तर्फबाट करिव ४२ पटक भाग लिएका थिए । उनको सन् १९७१, १९५८, १९९१ को व्यापार तथा पारवहन सम्धि गर्ने कार्यमा विशेष संलग्नता थियो । नेपाल सरकारले भारतसँग सहयोग तथा समन्वय बढाउन गठन गरेको उच्चस्तरीय टास्कफोर्सको सदश्य भई सन् १९९१ देखि १९९४ सम्म काम गर्ने अवर प्राप्त गरेका थिए ।
पाण्डेयले सुप्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु, सविख्यात त्रिशक्ति पट्ट र दीर्घ सेवा पदक मार्फत सम्मान्नित हुने अवसर प्राप्त गरेका थिए । पाण्डेयका दुई छोरा र एक छोरी छन् ।
शिखर इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकका सिइओ दिप प्रकाश र ज्योति पाण्डेयलाई पितृशोक
आर्थीकसंसार संवाददाता५ साउन, २०७९
५ साउन, २०७९- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?