News Portal

  • रिलायन्स लाइफले बीमित दिलबहादुरको परिवारलाई दियो २० लाख मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२३ असार, २०७९
    ३०२ पटक
    २३ असार, २०७९

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको छ । बीमित स्व. दिलबहादुर केसीको परिवारलाई एक कार्यक्रम बीच २० लाख २४ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।
    कम्पनीले उक्त रकम दाबी गरिएको ९ दिनमै चेक मार्फत हस्तान्तरण गरिएको क्षेत्रिय प्रबन्धक दिपक कुमार ओलीले जानकारी दिए । आज एक कार्यक्रम बीच निवासमै बीमा दाबी वापत २० लाख २४ हजार रुपैयाँको चेक बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्का तथा रिलायन्स लाइफ इन्स्योरेन्सका क्षेत्रिय प्रबन्धक दिपक कुमार ओलीले स्व. दिलबहादुर केसीकी श्रीमती खिम कुमारी केसीलाई हस्तान्तरण गरेका हुन् । बीमित दिलबहादुर के. सि. को सडक दुर्घटनामा मृत्यु थियो ।

    प्रतिकृया दिनुहोस्