काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कमलामाई नगरपालिका (सिन्धुली जिल्ला)बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कमलामाई नगरपालिकाका नगर प्रमुख खड्गबहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि नगरलालिकाले नगर क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्ने छ ।
समारोहमा बैंंकका सिईओ किरणकुमार श्रेष्ठले सम्झौता बैंकले आफ्नो कूल कर्जाको एक प्रतिशत बराबर रकम सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यस्तो कर्जाले देशलाई उत्पादनसंग जोड्न सघाउ पु¥याउने बताए ।
नगर प्रमुख खड्गबहादुर खत्रीले नगरपालिकाले लिएको उत्पादन र रोजगारीसँग सम्बन्धित लक्ष्य प्राप्त गर्नको लागि यस्तो सहुलियतपूर्ण कर्जाबाट सहयोग पुग्ने बताए । उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अबलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी विभिन्न नौ वटा शीर्षकमा सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको बताए ।
कार्यक्रम कृषि तथा सामाजिक बैंकिङ्ग विभागका प्रमुख राज्य लक्ष्मी खड्गीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उक्त अवसरमा राष्ट्रिय वाणिज्य बैंकका बागमती प्रादेशिक कार्यालयकी प्रबन्धक सोनी श्रेष्ठ, कम्पनी सचिव भोलानाथ पौडेल, राजन घिमिरे, प्रकाश राई, नगरपालिकाका कर्मचारीहरुलगायतको उपस्थिति रहेको थियो ।
राष्ट्रिय वाणिज्य बैंक र कमलामाई नगरपालिकाबीच सम्झौता
आर्थिकसंसार संवाददाता२८ भदौ, २०७७
२८ भदौ, २०७७- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह