News Portal

  • मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंकबीच सम्झौता

    आर्थीकसंसार संवाददाता७ असार, २०७९
    ५२७ पटक
    ७ असार, २०७९

    काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंकबीच सम्झौता भएको छ । सम्झौतामा मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा नन्द बहादुर सिंह र बैंकको तर्फबाट कृष्ण बहादुर अधिकारीले हस्ताक्षर गरेका छन् ।
    १३ बुँदे उक्त समझदारी पत्रमा विश्वविद्यालय र बैंक दुवै संस्था बीचको आपसी सम्बन्धलाई वित्तीय कारोवारहरु मार्फत विस्तार गर्दै दुवै संस्थाहरुलाई वित्तीय हित हुने गरी थप आयामहरु विस्तार गरिने कुरा उल्लेख छ । जसमार्फत विश्वविद्यालयमा कार्यरत सम्पूर्ण स्थायी, अस्थायी, करार, आंशिक तथा ज्यालादारी प्राध्यापक र शिक्षक र कर्मचारी र विद्यार्थी सम्पूर्णले बैंकद्वारा प्रदान गरिने सेवा सुविधा सहज र सुलभ तवरले प्राप्त हुने बताइएको छ ।
    कार्यक्रममा नेपाल बैंक लिमिटेड, कर्णाली प्रादेशिक कार्यालयका प्रमुख आश्विन कुमार पुडासैनी, उपकुलपति सचिवालयका सदस्यहरु, विश्वविद्यालयका कर्मचारी तथा नेपाल बैंकका कर्मचारी र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

     

    प्रतिकृया दिनुहोस्