News Portal

  • बैंक अफ काठमाण्डूको क्युआर सेवा तनहुँ मासु व्यवसायी समितिको पसलहरुमा

    आर्थीकसंसार संवाददाता३१ जेठ, २०७९
    ५५० पटक
    ३१ जेठ, २०७९

    काठमाडौं । बैंक अफ काठमाण्डूले व्यास नगरपालिका वडा नं. ३ स्थित दमौलीमा अवस्थित थोक तथा खुद्रा मासु बजारमा डिजिटल भुक्तानी सेवाको सुरुवात गरेको छ ।
    एक औपचारीक कार्यक्रमकाबीच तनहुँ मासु व्यवसायी समितिका अध्यक्ष जिवन शाही तथा बैंकको गण्डकी प्रदेश प्रमुख ईश्वरी प्रसाद जोशीले संयुक्त रुपमा उक्त सेवाको सुरुवात गरे ।
    तनहुँ मासु व्यवसायी समितिद्वारा ३२ वटा भन्दा बढि थोक तथा खुद्रा पसलबाट माछा तथा मासुहरुको खरिद बिक्री भईरहेको छ ।
    बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा विभिन्न स्थानहरुमा विशेष छुटको व्यवस्था समेत बैंकले गरेको छ । ग्राहकहरुले बैंकको वेब साइटमार्फत उक्त छुटबारे जानकारी लिन सक्नेछन् ।
    हालसम्म बैंक अफ काठमाण्डूले १०१ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहकरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्