काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंजलाई सोमबार एक कार्यक्रमका बीच ह्वीलचियर हस्तान्तरण गरेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरी र शिक्षण अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्रोफेसर डाक्टर दिनेश काफ्लेबीच सम्झौतापत्र आदानप्रदान गरी औपचारिक रुपमा ह्वीलचियर हस्तान्तरण गरिएको हो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लाइफ इन्स्योरेन्सका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरीले बिरामीलाई प्रत्यक्ष लाभ हुने ह्वीलचियर प्रदान गर्न पाउनु आफैंमा गर्वको विषय भएको बताउनु भयो । उहाँले विगतदेखि नै कम्पनीले विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको स्मरण गर्नु भयो ।
कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी भएको नाताले हाम्रो समाजप्रति पनि ठूलै दायित्व रहेको बताउनुभयो । त्यसैले हाललाई १०० वटा ह्वीलचियर शिक्षण अस्पताललाई प्रदान गरिएको र यस्ता सामाजिक कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डाक्टर दिनेश काफ्लेले बिरामी अस्पताल आउँदादेखि नै ह्वीलचेयर आवश्यकता पर्ने र अस्पतालको आवश्यकता अनुसारको सामग्री छनोट गरेकोमा नेपाल लाइफ इन्स्योरेन्स परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । यस्ता मनकारी संघ संस्थाहरुको सहयोगले नै अस्पताल जीवन्त रहने र सेवा प्रवाहमा सहजता आउने उहाँको भनाइ थियो ।
नेपाल लाइफ इन्स्योरेन्सद्वारा शिक्षण अस्पताललाई ह्वीलचियर हस्तान्तरण
आर्थीकसंसार संवाददाता२३ जेठ, २०७९
२३ जेठ, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६औं वार्षिक साधारणसभा सम्पन्न
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो