आर्थीकसंसार संवाददाता२० जेठ, २०७९
२० जेठ, २०७९काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरुलाई लक्षित गरी उत्प्रेरणा तथा पुनर्ताजकी कार्यक्रम सञ्चालन गरेको छ । एजेन्सी म्यानेजर ब्ल्याक डायमन ग्रुपले आफ्नो टिमलाई उत्प्रेरणा प्रदान गर्नका लागि यो कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रम भने जेठ १४ र १५ गते सञ्चालन भएको थियो ।
इलामको कुटी डाँडा,हिल वुड रिसोर्टमा सञ्चालन गरिएको कार्यक्रममा प्रदेश १ मा सक्रिय १ सय जना अभिकर्ताहरुको उपस्थिति रहेको थियो । साथै कम्पनीको सिइओ कवि फुँयाल, सिएमओ कर्मराज पौडेल, प्रदेश प्रमुख मिलन दाहालको उपस्थिति रहेको थियो । साथै तालिम भने इश्वर श्रेष्ठले प्रदान गरेका थिए ।
तालिमकै बीचमा एकैदिनमा एमडीआरटी बन्न सफल भएका सुरम खान थारुलाई सम्मान समेत गरिएको थिायो ।