News Portal

  • नमस्ते पेले नेपालभर स्मार्ट क्यूआर सेवा सुरु

    आर्थीकसंसार संवाददाता१९ जेठ, २०७९
    ६२३ पटक
    १९ जेठ, २०७९

    काठमाडौं । नमस्ते पेले नेपालका सबै स्मार्ट क्यूआर व्यापारीहरूमा उपलब्ध क्यूआर आधारित भुक्तानी सेवाहरू सुरु गरेको छ । यी सबैको साथ, नमस्ते पे प्रयोगकर्ताहरूले अब “Scan and Pay” सुविधा प्रयोग गर्न सक्छन् र स्मार्ट च्वाइस टेक्नोलोजी (SCT) द्वारा स्मार्ट क्यूआर स्वीकार गर्ने आउटलेटमा क्यूआर आधारित भुक्तानीहरू गर्न सक्छन् । Smart Pay QR  मा हाल नेपालभर १ लाख ६० हजार
    व्यापारीहरूको नेटवर्क छ ।
    यसैका साथ, नमस्ते पे वालेट प्रयोग गरी स्मार्ट क्यूआर मार्फत गोल्ड स्टारका सोरुमहरुमा भुक्तानी गर्दा ३०% (रु. ३०० सम्म) आकर्षक छुट प्राप्त गर्न सकिनेछ भने भविष्यमा स्मार्ट क्यूआर भुक्तानीमा अझै धेरै आकर्षक अफरहरु छिट्टै नै आउने जानकारी समेत स्मार्ट क्यूआर नेटवर्क संचालक, स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र नमस्ते पे वालेट संचालक, नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडले संयुक्त रुपमा जानकारी दिएका छन् ।
    नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (NDPC) नेपालको सबैभन्टा ठूलो दूरसञ्चार कम्पनी, नेपाल दूरसञ्चार कम्पनी लि. र पब्लिक क्षेत्रको सबैभन्टा ठूलो बैंक, राष्ट्रिय बाणिज्य बैंकद्वारा संयुक्त रुपमा स्थापित कम्पनी हो । NDPC मा ग्रामीण क्षेत्रको पहुँचदेखि लिएर वित्तिय तथा बैंकिङ्ग सेवा प्रदान गर्ने दुवै प्रकारका विशेषता रहेका छन् ।
    नमस्ते पे नगदरहित समाज सिर्जना गर्न समर्पित छ, आधुनिक सेवाहरू प्रदान गरेर बैंक र डिजिटल रूपमा शिक्षित मानिसहरूलाई मात्र होइन तर बैंकविहीन जनतालाई पनि उपलब्ध गराउने उद्देश्य रहेको छ ।

    प्रतिकृया दिनुहोस्