News Portal

  • महालक्ष्मी विकास बैंकको रक्तदान कार्यक्रममा वित्तीय क्षेत्रकै उच्च रगत संकलन

    आर्थीकसंसार संवाददाता१० जेठ, २०७९
    ७६४ पटक
    १० जेठ, २०७९

    काठमाडौं । महालक्ष्मी विकास बैंक २८ औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
    बैंकले देशका विभिन्न स्थानमा रहेका आफ्ना ३१ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम गरेको हो । जसबाट बैंकले कुल १०२८ (एक हजार अठ्ठाइस) पिन्ट रगत संकलन गरेको छ । यो संख्या बैंक तथा वित्तीय संस्थाहरु मार्फत रगत संकलन गरिएका रेकर्डहरुमा हालसम्मकै सबैभन्दा उच्च रहेको बैंकको दावी छ ।
    बैंकले ३१ वटा शाखाहरु मार्फत बिचबजार ८२, खुर्रखुरे ५५, नारायणगढ ४९, कमाने ४७, टिकापुर ४६, हेटौंडा ४४, नेपालगञ्ज ४२, थापाथली ४०, महाराजगंज ३८, पुतलिसडक ३८, धनगढी ३६, डडेल्धुरा ३५, भक्तपुर ३२, डल्लु ३१, कावासोती ३१, भाटभटेनी ३०, दरबारमार्ग ३०, जनकपुर २९, भैरहवा २८, तिनचुली २८, झम्सीखेल २७, शंखमुल २७, न्यूरोड काठमाडौं २७, कालिमाटी २६, टाँडी २३, मैतिदेवी २१, कुमारीपाटी १९, इटहरी १९, परासी १८, महेन्द्रनगर १५ र रुपनी १५ गरी कुल १०२८ (एक हजार अठ्ठाइस) पिन्ट रगत संकलन गरेको हो ।
    स्वास्थ्य क्षेत्रमा अभावका रुपमा देखापर्ने रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले २८ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । बैंकले देशभर फैलिएर रहेका १०३ शाखाहरुबाट थप विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु आउदा दिनहरुमा पनि प्रभाकारी रुपले निरन्तर सञ्चालन गर्दै जाने प्रतिवद्घता व्यक्त गरेको छ ।
    २८औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्