काठमाडौं । नबिल बैंकका पूर्व अध्यक्ष स्व. शम्भु प्रसाद पौड्यालको सम्झनामा यस बर्षबाट बैंकले कर्मचारी परिवारको लागि “शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्ति” सुरु गरेको छ । स्व. पौड्यालले बैंकमा लामो समयदेखि संचालक समितिमा योगदान गर्दै आउनु भएका थिए । स्व. पौड्याल कर्मचारीहरुको हित र बिकासका निम्ती लागि पर्दथे ।
यस छात्रवृत्ति कार्यक्रममा प्रत्येक बर्ष नबिल बैंकका सम्पूर्ण कर्मचारीहरुले राष्ट्रिय परिक्षा बोर्डको +२ तहमा उत्कृष्ट नतिजा ल्याउने मेहेनती तथा जेहेन्दार सन्तानहरुका नाम मनोनयन गर्न सक्दछन् । उच्च शिक्षाको लागि प्रोत्साहन गर्ने उदेश्यसहित बैंकले यो कार्यक्रम ल्याएको हो । मनोनित कर्मचारी परिवारका सन्तानहरुबाट उत्कृष्ट नतिजा ल्याउने २ जना पुरुष र २ जना महिला सन्तानहरुलाई प्रत्येक बर्ष यो पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ । पुरस्कारको रकम रु. ५०,००० प्रत्यक विजेता कर्मचारीका सन्तानहरुलाई प्रदान गरिने कुरा बैंकबाट प्रेषित वक्तब्यमा लेखिएको छ ।
बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि निम्न कर्मचारीहरुको सन्तानहरुलाई माथि उल्लेखित आधारमा छात्रवृत्ति प्रदान गरेको छ ।
– सुश्री उनिका खनाल (कर्मचारी उदय राज खनालकी छोरी)
– श्री दिपसन भट्टराई (कर्मचारी सन्देश राज भट्टराईका छोर।)
– श्री मुकुल अर्याल (कर्मचारी मुरारी प्रसाद अर्यालका छोर। )
नबिल बैंकको प्रधान कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द« प्रसाद पौड्यालले बैंकका सञ्चालक समितिका सदस्यहरु, वरिष्ठ व्यवस्थापन तहका कर्मचारीहरु, पूर्व अध्यक्षका परिवार र छात्रवृत्ति विजेताहरूको अभिभावकको उपस्थितिमा तीनै विजेताहरुलाई छात्रवृत्तिको रकम सहित प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।
छात्रवृत्ति कार्यक्रमको बारेमा बोल्दै बैंकका अध्यक्ष उपेन्द« प्रसाद पौड्यालले स्व.शम्भु प्रसाद पौड्यालले बैंकलाई प¥याएको लामो योगदानको उच्च प्रश्ँंसा गर्दै उक्त योगदान अत्यन्त महत्वपूर्ण र अविस्मरणीय रहेको जनाए । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल केशरी शाहले दशकौंदेखि नबिल बैंक र नबिलियनको वृद्धी र विकासका लागि स्व. पूर्वअध्यक्षले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका थिए ।
नबिल बैंकद्वारा कर्मचारी परिवारलाई ‘शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ हस्तान्तरण
आर्थीकसंसार संवाददाता२६ वैशाख, २०७९
२६ वैशाख, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?