News Portal

  • लुम्बिनी विकास बैंकको एकै साथ थप नयाँ दुई शाखा कार्यालयहरुको उद्घाटन

    आर्थीकसंसार संवाददाता२६ वैशाख, २०७९
    ६७० पटक
    २६ वैशाख, २०७९

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभन्न ठाउँमा रहनु भएका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले मिति २०७९ बैशाख २६ गतेदेखि थप दुई शाखाहरुको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ८२औं शाखाको रुपमा कपिलवस्तु जिल्ला, शिवराज नगरपालिका–५ स्थित चन्द्रौटा शाखा र ८३औं शाखाको रुपमा बर्दिया जिल्ला मधुवन नगरपालिका–८, स्थित ताराताल शाखा रहेका छन् ।


    यस बिकास बैंकको चन्द्रौटा शाखाको उद्घाटन विकास बैंकका सञ्चालक चिन्तामणि भट्टराई र लुम्बिनी प्रदेश सभासद अर्जुन के।सी।ले संयुक्त रुपमा गर्नुभयो । साथै ताराताल शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसाल र उद्योग बाणिज्य संघ तारातालका अध्यक्ष देबेन्द्र तिमल्सिनाले संयुक्त रुपमा गर्नुभयो ।
    आज खोलिएका दुई शाखासहित यस बिकास बैंकले देशका ७ वटै प्रदेशमा ८३ वटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ र निकट भविष्यमा कैलालीको लम्की र मसुरिया एवं कञ्चनपुरको बाणीमा समेत गरी थप ३ शाखाहरु खोल्नको लागि तयारी गरेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा ‘मासिक’ रुपमा ब्याज प्रदान गर्ने बिशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ ।

    प्रतिकृया दिनुहोस्