काठमाडौं । आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मिहेनती हातहरुलाई अझ मिहेनती बन्नका लागि ऊर्जा प्रदान गर्दै केही समय भए पनि रमाइलो बनाउने उद्देश्यका साथ भर्खरै एसईई दिई बसेका छात्रछात्राहरुलाई अन्नपूर्ण केबुलकारले केबुलकार चढ्दा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ । यस योजनामा सहभागी हुनका लागि विद्यार्थी छात्रछात्राहरुले यस वर्ष एसईई परीक्षामा सामेल भएको परीक्षा प्रवेश पत्र अनिवार्य देखाउनु पर्नेछ । यो योजना वैशाख ३०, २०७९ सम्म लागु हुने केबुलकारले जनाएको छ ।
साथै, नवविवाहित जोडीका लागि पनि अन्नपूर्ण केबुलकारले विशेष अफरको घोषणा गरेको छ । जसअन्तर्गत १ टिकटको खरीदमा अर्काे एक केबुलकार टिकट निःशुल्क प्रदान गर्नेछ । यस योजनामा सहभागी हुन नवविवाहित जोडीले आपूm विवाहित भएको विवाह कार्ड अनिवार्य देखाउनु पर्नेछ । यो योजना २०७९ असार मसान्तसम्म लागु हुने केबुलकारले जनाएको छ ।
एसईई दिई बसेका र नवविवाहित जोडीका लागि अन्नपूर्ण केबुलकारकोे अफर
आर्थीकसंसार संवाददाता२१ वैशाख, २०७९
२१ वैशाख, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने