News Portal

  • समृद्धि फाइनान्सका ग्राहकले होटल गढी भिउमा ३०% छुट पाउने

    आर्थीकसंसार संवाददाता१६ वैशाख, २०७९
    १०५७ पटक
    १६ वैशाख, २०७९

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटल गढी भिउ एण्ड रिसोर्ट प्रालि, मकवानपुर बिच सम्झौता भएको छ । सम्झौता पछी समृद्धि फाइनान्सका ग्राहकहरुलाइ होटेल गढी भिउ एण्ड रिसोर्टले जिप लाईनमा ३० प्रतिशत र फुड र बेभरेजमा १० प्रतिशत छुट दिने भएको छ ।
    सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सका व्यवसाय प्रवद्र्र्धन विभागका अधिकृत सुरज कुमार सर्राफले जनाएका छन् ।
    यस सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट हेटौडा शाखा प्रमुख राजन शर्मा र होटेल गढी भिउ एण्ड रिसोर्ट प्रा।लि। का तर्फबाट होटेलका अध्यक्ष दिलिप घिमिरेले हस्ताक्षर गरेका हुन् ।
    फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५ प्रतिशत, र बचत निक्षेपमा अधित्तम १० प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।
    फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्