News Portal

  • प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    आर्थीकसंसार संवाददाता११ वैशाख, २०७९
    ७८६ पटक
    ११ वैशाख, २०७९

    काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पर्साको दियालो लर्डस प्लाजा वीरगञ्जमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
    साधारण सभाबाट कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट प्रस्तावित ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
    सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ भने आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
    साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत २४ गते एक दिन बुक क्लोज गरेको थियो । यस आधारमा चैत २३ गते सम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्