काठमाडौं । पोखरा फाइनान्सले चालू आर्थिक वर्षको तस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको तेस्रौ त्रैमाससम्ममा ४ करोड २ लाख खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा भने ५५ प्रतिशत घटेको हो ।
कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १० करोड ४ लाख खुद नाफा कमाएको थियो । चालू आर्थिक वर्षमा कम्पनीको सञ्चालन नाफासँगै खुद ब्याज आम्दानी पनि घटेको छ ।
गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा कम्पनीको सञ्चालन नाफा ५५ प्रतिशत र खुद ब्याज आम्दानी ३ दशमलव ३९ प्रतिशत घटेको छ ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ४ करोड रहेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा ३२ करोड ६९ लाख र रिटेण्ड अर्निङमा ३ करोड सञ्चित गरेको छ । चालू आवमा कम्पनीको वितरणयोग्य नाफा ३ करोड रहेको छ ।
गत आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ०१ पैसा रहेकोमा चालू आर्थिक वर्षमा घटेर ६ रुपैयाँ १८ पैसामा झरेको हो । प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ रहेको छ
पोखरा फाइनान्सको नाफा ४ करोड २ लाखमाथि
आर्थीकसंसार संवाददाता११ वैशाख, २०७९
११ वैशाख, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने