News Portal

  • रुपन्देहीमा व्यावसायिक तरकारी खेती तालिम

    आर्थीकसंसार संवाददाता८ वैशाख , २०७९
    ८६८ पटक
    ८ वैशाख , २०७९

    रुपन्देही । लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा आफ्ना २७ ग्राहक सदस्यहरूको सहभागितामा वैशाख ५ देखि ७ गतेसम्म रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका–४, फर्साटिकरमा व्यावसायिक तरकारी खेती तालिम सम्पन्न भएको छ ।
    करेसाबारीको परिचय, महत्त्व, तरकारीको नर्सरी बनाउने तरिका, हिउँदे तरकारी खेती प्रविधि, फलवाला तरकारी खेती प्रविधि, लहरे खेती प्रविधि जरे तरकारी खेती प्रविधि, कोसे तरकारी खेती प्रविधि, तरकारी खेतीमा मलखादको प्रयोग, सिंचाई तथा व्यवस्थापन, साग बाली खेती र बेमौसमी तरकारी खेती प्रविधिबारे जानकारी गराइएको संस्थाका नायव महाप्रवन्धक पवनकुमार श्रेष्ठले बताए ।
    संस्थाले ग्राहक सदस्यहरूलाई वित्तीय सेवाहरूका साथसाथै ग्राहक सदस्यहरूको क्षमता अभिवृद्धि गराउन तथा व्यवसाय सञ्चालन गर्न सघाउ पुर्‍याउन विभिन्न किसिमका सीप विकास तालिम सञ्चालन गरी रहेको छ । तालिमको प्रशिक्षण शिशिर अधिकारी, खेमराज भण्डारी, पवनकुमार श्रेष्ठ, विक्रम उपाध्याय र रामबहादुर आलेले दिएका छन् ।
    सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरु, ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरी ९६ कार्यालयमार्फत प्रदान गर्दै आइरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्