काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ६६ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंक सार्वजनिक गरेको चालु आबको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकले सो नाफा गरेको हो ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ५.९१ प्रतिशतले बढेको छ । गत आवको चैतमसान्तसम्म बैंकको खुद नाफा २ अर्ब ५१ करोड ६४ लाख रुपैयाँ थियो ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ३२ करोड ८९ लाख रुपैयाँ छ । बैंकले यो अवधिसम्म १ खर्ब ७७ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ भने कुल १ खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । गत आबको तुलनामा बैंकको कर्जा र निक्षेप दुवै बढेको छ ।
यस्तै, बैंकले खुद व्याज आम्दानी ४ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले कुल ४ अर्ब ३० करोड ९० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । बैंकको प्रतिशेयसर आम्दानी १९.३५ रुपैयाँ कायम भएको छ । बैंकको खराब कर्जा १.४६ प्रतिशत छ ।