काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म हिमालयन बैंकको खुद नाफा ८.११ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १ अर्ब ३९ करोड १५ लाख रुपैयाँ खुद नाफा छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.११ प्रतिशत बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले यो अवधिमा १ खर्ब ५० अर्ब ४१ करोड २९ लाख ७५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने कुल १ खर्ब ६५ अर्ब ३१ करोड ३२ लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । गत आवको सोही अवधिको तुलनामा कर्जा र निक्षेप दुवै बढेको छ ।
यस्तै, समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २४.०१ प्रतिशत बढेको छ । चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा बैंकको प्रतिशेयर आम्दानी ईपीएस भने घटेको छ।
बैंकको ईपीएस १ रुपैयाँ ७५ पैसा घटेर १४ रुपैयाँ ३१ पैसा कायम भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ९६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३३.८३ गुणा रहेको छ ।