News Portal

  • प्रभु बैंकको नाफा १ अर्ब ७५ करोड रुपैयाँ, ईपीएस पनि घट्यो

    आर्थीकसंसार संवाददाता७ वैशाख, २०७९
    ८१२ पटक
    ७ वैशाख, २०७९

    काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससमा प्रभु बैंकको नाफा घटेको देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १६.९० प्रतिशतले घटेको हो ।
    चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ७५ करोड २९ लाख २३ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १० करोड ९६ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत आबको तुलनामा चालु आबको नाफा १६.९० प्रतिशतले कम हो ।
    खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६.४० पैसा घटेर १८.४१ पैसा कायम भएको छ ।
    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.७२ प्रतिशत बढेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३ अर्ब ८३ करोड ५३ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको सञ्चालन मुनाफा १६.२२ प्रतिशत घटेर २ अर्ब ५६ करोड ६ लाख ३५ हजार रुपैयाँ र वितरणयोग्य नाफा ७८ करोड ३ हजार रुपैयाँ रहेको छ ।
    यस्तै, बैंकले १ खर्ब ६७ अर्ब ३६ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ४३ अर्ब ७१ करोड २७ लाख ५१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्