News Portal

  • केन्ट उत्पादनका दुई सामग्री किन्दा ३ लाखको दुर्घटना बीमा

    आर्थीकसंसार संवाददाता२७ चैत्र, २०७८
    १०८१ पटक
    २७ चैत्र, २०७८

    काठमाडौं । ईओएल प्रालि नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले यसपालिको नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।
    भारत र नेपालमा ग्राहकवर्गले रुचाएको केन्ट आरओले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ‘स्वछ पानी, साथमा बीमा पनि, केन्ट आरओसँग ढुक्क छ जिन्दगानी” भन्ने नारासहित जारी गरेको अफर सार्वजनिक गरेको हो ।
    अफरअन्तर्गत केन्टको कुनै पनि आरओ मोडल र केन्ट हेपा एयर प्युरिफायरको खरिदमा ३ लाखको दुर्घटना बीमा पाउनेछन् । यो ग्राहक योजना २०७८ साल चैत २५ गतेदेखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि मात्र लागू गरिएको छ ।
    केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित रहेका कम्पनीले जनाएको छ । केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र उपलब्ध छन् ।

     

    प्रतिकृया दिनुहोस्