News Portal

  • दक्षिणकाली नगरपालिकाको चाल्नाखेल, वोसनमा केवलकार सञ्चालनमा आउने

    आर्थीकसंसार संवाददाता२५ चैत्र, २०७८
    ९५४ पटक
    २५ चैत्र, २०७८

    काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–१ को चाल्नाखेल, वोसनमा केवलकार सञ्चालनमा आउने भएको छ । चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रा.लि.ले सो केवलकार सञ्चालन गर्ने भएको हो ।


    चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रा.लि.ले एक पत्रकार सम्मेलनगरी सो विषयमा जानकारी गराएको हो । कम्पनीका तर्फवाट सञ्चालक कमलेश कुमार अग्रवालले केवलकार सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य पूरा भएको र अब निर्माण प्रक्रिया सुरु हुने जानकारी दिए । उनका अनुसार अबको तीन वर्षमा निर्माण कार्य सम्पन्न भई सो केवलकार सञ्चालनमा आउने छ ।


    कम्पनीका अनुसार चम्पादेवी माताको मन्दिर रहेको डाँडाहरु गरी करीब बाईस हेक्टर वन क्षेत्र नेपाल सरकारबाट प्राप्त भएको छ । केही प्राविधिक एवं कानूनी अवरोधहरुको निकास सम्मानित सर्वोच्च हदालतबाट मिति २०७४/०७/२८ को निर्णयबाट प्राप्त गरिसकेपछि यो परियोजनाको कार्य तीब्र गतिले प्रारम्भ गरीएको कम्पनीले जनाएको छ । यो केबलकार परियोजना २०७६/०१/०२ गते बसेको ७१औं नगर कार्यपालिकाको निर्णयअनुसार २०७६/०१/०६ मा केबलकार निर्माण तथा संचालन अनुमती प्राप्त भएको हो ।


    कम्पनीले उक्त दक्षिणकाली नगरपालिकाबाट मिति २०७६/०१/०६ मा निर्माण तथा सञ्चालन अनुमति पत्र प्राप्त गरेपश्चात निवेदक कम्पनीलाई आवश्यक पर्ने जग्गाका जग्गाधनीहरु नेपालतथा नेपाल बाहिर विभिन्न देशमा बस्ने भएको हुँदा निज जग्गा धनीहरुलाई सम्पर्क गरी निवेदक कम्पनीलाई आवश्यक पर्ने बेस स्टेसन, रोप वेका जग्गाहरु ख्रिद गर्ने काम सम्पन्न गरिएको छ । कम्पनीले उक्तकार्य गर्दा गर्दै कोभिड–१९ को महामारी देशैभरी फैलिई देशै बन्द रहेको अवस्था भएकोमा ६ महिनाकामगर्न नसकि सो पश्चातउक्त क्षेत्रको खहरे चोक देखि चाल्नाखेल बोसनमा रहेको कम्पनीको बेस स्टेसन सम्मको बाटोको सर्भे गरिएको, कम्पनीलाई आवश्यक पार्किङ्ग एरिया सर्भे गरिएको, रोप वे को सर्भे गरिएको चम्पादेवी माताको मन्दिर एरिया, माउण्टेन–१ र २ सर्भेको काम भएको छ ।
    कम्पनीले उक्त केबुलकार संचालनका लागि डिजाईन अष्ट्रियन कम्पनीबाट तयार गरिएको जनाएको छ । कम्पनीका अनुसार यहा ल्याइने केबलकार युरोपियन केबलकार हुनेछ । कम्पनीले चम्पादेवी माताको मन्दिरको डिजाईन बरिष्ठ आर्किटेक र वास्तु बिशेषज्ञ शंकरनाथ रिमालबाट गरिएको हो ।
    कम्पनीले उक्त केबुलकार प्रोजेक्ट निर्माण गर्नका लागि ५०० देखि ६०० करोड अनुमानित खर्च गर्ने योजना रहेको व्यहोरा जानकारी गराएको छ । कम्पनीले उक्त केबुलकार वि.सं. २०७९ (२०२२) को अन्त्यमा सुरु गरेर वि.सं. २०८१ (२०२५) को अन्त्यमा सक्ने व्यहोरा जानकारीका लागि अनुरोध छ । कम्पनीले विदेशी लगानीकर्ता समेत भित्र्याउने लक्ष्य राखेको छ । यो परियोजना संचालनको लागि स्थानीयवासीहरुको पनि पूर्ण सहयोगको अपेक्षा गरिएको छ । कम्पनीले बोसन गाउँदेखि बेस स्टेशनसम्मका सडकलाई डिजाइन गरेको नक्साअनुसार विस्तारका लागि सम्बन्धित निकायहरुलाई अभिलम्ब आवश्यक पहल गरी दिन पनि अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्