काठमाडौं । पछिल्लो समय जन्मदिन, बिवाहमा बीमा पोलिसी दिने प्रचलन बढदै आएको पाईन्छ । जन्मदिन, विवाह जस्ता शुभ दिनहरुमा परम्परागत प्रणाली अनुसार सुन, चाँदी, हार जस्ता बहुमुल्य चिजहरु उपहार दिने प्रचलनलाई तोड्दै पछिल्लो समय विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहारको रुपमा दिने प्रचलन बढ्दो क्रममा भित्रिएको छ ।
यसैबीच मकवानपुरको हेटौडा उपमहानगर–१३ बस्ने सितामाया गोलेले आफ्नो एक बर्षीय छोरी सियाना स्याङ्गतानलाई पाँच लाखको बीमा पोलीसी उपहार दिएकी छिन् । उनले एशियन लाइफ इन्सोरेन्स कम्पनीको बाल उच्च शिक्षा बीमा योजना आफ्नो छारीलाई उहार स्वरुप हस्तान्तरण गरेकी हुन् ।
छोरीको जन्म दिनको अवसरमा बमिा पोलिसी उपहार दिन पाउदाँ धेरै खुशी भएको सियानाको आमाले बताइन् । सोही अवसरमा एशियन लाइफ इन्सोरेन्स कम्पनीको शाखा कार्यलय हेटौडामा बीमालेख फाइल दिदै सियानाले केक काटी जन्म दिन मनाइएको हो ।
अभिकर्ता रिमा घलानले सियानाको उच्च शिक्षा खर्च व्यवस्थापनको लागि यस बीमा पोलीसीले सहयोग पग्ने बताइन् । त्यस्तै, सोही कार्यक्रममा बीमा सचेतना बढ्दै गएको बेला फजुल खर्च कटौती गरी जन्म दिनमा थोरै रमक बचतको सुरुवातले उच्च शिक्षामा योगदान पु-याउनुको साथै जोखिम बहन समेत गरेको शाखा प्रबन्धक हिरालाल श्रेष्ठले बताए । सो अवसरमा सिनियर एजेन्सी म्यानेजनर राजु साहको समेत उपस्थिती रहेको थियो ।
जन्म दिनमा सियानाले पाइन् ५ लाखको उच्च शिक्षा बीमा पोलीसी उपहार
आर्थीकसंसार संवाददाता२३ चैत्र, २०७८
२३ चैत्र, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?