News Portal

  • सिटिजन्स बैंकका ग्राहकलाई बर्दिबास जनसेवा हस्पिटलमा छुट

    आर्थीकसंसार संवाददाता२२ चैत्र, २०७८
    १२३७ पटक
    २२ चैत्र, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिबास जनसेवा हस्पिटलबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकहरुले बर्दिबास जनसेवाका सबै सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंकले हालसम्म कार्ड नभएका ग्राहकहरूलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।
    त्यस्तै हालै वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यही चैत्र ७ गते देखि वैशाख ७ गते सम्म विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्यक, लगायतका योजनाहरु पनि सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत डेविट/क्रेडिट कार्डमार्फत १००० वा बढीको कारोबार गर्दा एकमुष्ठ २०० क्यासब्याक दिइने छ।
    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर १७४ वटा शाखा, १२५ वटा एटीएम र ९० वटा शाखारहित बैंकिङ्ग ईकाईहरूबाट सेवाहरु प्रदान गर्दै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्