News Portal

  • सिटिजन्स बैंकका ग्राहकलाई नारायणी सामुदायिक हस्पिटलमा छुट

    आर्थीकसंसार संवाददाता२० चैत्र, २०७८
    ९३१ पटक
    २० चैत्र, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नारायणी सामुदायिक हस्पिटल (एनपीआई ), चितवनबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
    सो सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकहरुले एनपीआईका सबै सेवा सुविधामा १० प्रतिशन छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंकले हालसम्म कार्ड नभएका ग्राहकहरूलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।
    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर १७४ वटा शाखा, १२५ वटा एटीएम र ९० वटा शाखारहित बैंकिङ्ग ईकाईहरूबाट सेवाहरु प्रदान गर्दै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्