आर्थीकसंसार संवाददाता१६ चैत्र, २०७८
१६ चैत्र, २०७८काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका नव नियुक्त अध्यक्ष सुभाष अमात्यले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको सपथ लिएका छन् । अध्यक्ष सिलवालले आज अमात्यलाई सपथ खुवाएका हुन् ।
कम्पनीका सञ्चालकहरुले अमात्यलाई सर्वसम्मत रुपमा चयन गरेका थिए । अमात्यले एमबिएसम्मको अध्ययन गरेका छन् । विभिन्न कम्पनीहरुको सफल नेतृव गरिसकेका अमात्य प्रभु क्यापिटलका सञ्चालक थिए । उनि सनराइज होल्डिङ, इलुम एग्रो फार्मको पनि सञ्चालक अध्यक्ष भइसकेका छन् । हाल उनि शुभम पावर, बरुण हाइड्रोपावरका सञ्चालक रहेका छन् । त्यस्तै एयरलाइन्स अप्रेटर एसोसिएसन अफ नेपालका कार्यकारी सदस्य, रिभर फल्स हाइड्रोपावरका अध्यक्ष र प्रभु हेलिकप्टरका प्रबन्ध संचालक छन् ।