काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको लाभांश पारित भएको छ । कम्पनीको २८ औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनश सेयर र त्यस वापत लाग्ने कर प्रयोजनका लागी नगद लाभांस पारित गरेको हो ।
२८ औं वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, वित्तिय विवरण, आगामी आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र र नियमावलीमा संसोधन पारित गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको खुद प्रिमियम तर्फ ६.४० प्रतिशतले वृद्धि भयो भने बीमा कोष ५६ करोड १९ लाखबाट बढेर ६१ करोड ७० लाख पुगेको छ । यसका साथै कम्पनीको रिटेन्ड अर्निङ्ग ७ करोड ८० लाखबाट बढेर ८ करोड ३० लाख पुग्न सफल भएको छ । चालु वर्षको बोनश समेत गरी हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड पुगेको छ ।
सभाले कुल प्रिमियम आम्दानी १ अर्ब ८ करोड रहेको हालको अवस्थालाई वृद्धि गर्न तथा कम्पनी विस्तार गर्नका निमित्त यथोचित मर्जर प्रस्तावलाई निरन्तरता दिने जनाएको छ ।
हिमालयन जनरल इन्स्योरेन्सको लाभांश पारित
आर्थीकसंसार संवाददाता३० फागुन, २०७८
३० फागुन, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो