News Portal

  • नेपाल बैंकका कर्मचारी र ग्राहकलाई विराटनगर न्युरो कार्डियो हस्पिटलमा विशेष छुट

    आर्थीकसंसार संवाददाता३० फागुन, २०७८
    ८३६ पटक
    ३० फागुन, २०७८

    काठमाडौं । नेपाल बैंकका कर्मचारी र ग्राहकहले विराटनगरस्थित न्यूरो कार्डियो हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट पाउने भएका छन् ।
    आइतबार बैंक र अस्पतालबीच भएको सम्झौतामा अस्पतालका तर्फबाट संचालक निर्देशक राजेश भट्टराई र नेपाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले गरेका थिए ।
    यस सम्झौता अनुसार बैंकमा कार्यरत कर्मचारीलाई अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कमा २० प्रतिशत सम्म छुट र यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग र क्युआर कोड मार्फत मार्फत भुक्तानी गर्ने ग्राहकले अस्पतालको विविध सेवाहरुमा १५ प्रतिशत सम्म छुट हुने पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्