News Portal

  • सिभिल बैंकको एक्सटेन्सन काउन्टर ओखलढुङ्गाकाे रुम्जाटारमा

    आर्थीकसंसार संवाददाता
    ६८२ पटक

    काठमाडौं । सिभिल बैंकले ओखलढुङ्गा जिल्लाको रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।
    उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन भौतिक पूर्वाधार विकास मन्त्रालयका भुतपूर्व मन्त्री अम्बिर बाबु गुरुङले गरे ।
    योसँगैं अब त्यस रुम्जाटारका सेवाग्राहीहरुले यातायात व्यवस्था कार्यालयसँग सम्वन्धित सम्पूर्ण कर तथा दस्तुरहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलैसँग गर्न सक्नेछन ।
    बैंकले हालसम्म करिव सात लाख ग्राहकहरुलाई ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरु मार्फत सम्पुर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।
    करिव सात लाख ग्राहकहरुलाई ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित ११ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ । जसमध्ये ७ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो ।  बैंकले हालसम्म करिब ८९ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ९० अर्बभन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

    प्रतिकृया दिनुहोस्