काठमाडौं । हिमालयन बैंकले आफ्नो मोबाईल बैकिङ्गमा नेपालपे क्युआरलाई आवद्ध गरेकाे छ । याेसँगै अब बैंकका ग्राहकहरुले मोबाईल बैकिङ्ग प्रयोग गरेर विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपालपे क्युआर स्क्यान गरेर सजिलै भुक्तानी गर्न सक्नेछन् ।
साथै बैंकले राष्ट्र बैंकले जारी गरेको नेपालपे क्युआरमा आधारित भएर आफ्नो मर्चेन्ट म्यानेजमेन्ट सिस्टमको प्रयोग गरेर नेपालपे, भिसा, युनियन पे र अलिपे लगायतका लागि अन्तरसंचालनशिलता तथा अन्तरआवद्धता कायम हुने गरी अग्रिगेटेड क्युआर पनि स्विकार गर्ने सुरु गरेकाे छ ।
एनसिएचएलकाे नेपाल पे क्युआर अन्तर्गत सदस्य बैंक वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायकहरु र अन्य भुक्तानी प्रणाली सञ्चालकहरुले छुट्टै योजनाकोे रुपमा र मर्चेन्ट वा अन्य क्युआर स्किमसँग अन्तरआवद्धता कायम गरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ ।
वाणिज्य बैंक मध्ये नेशनल पेमेन्ट स्वीचमा जोडी नेपाल पे क्युआरलाई अग्रिगेटेड क्युआरको रुपमा लागु गर्ने हिमालयन पहिलो बैंक रहेको छ । बैंकका व्यापारिक ग्राहकहरु मर्चेन्टको रुपमा आवद्ध भएर आफ्ना ग्राहकहरुबाट माेबाइल बैंकिङ्ग अथवा नेपालपे क्युआरमा आवद्ध अन्य उपकरणहरु मार्फत् सिधै आफ्नो खातामा भुक्तानी प्राप्त गर्न सक्दछन् ।
हिमालयन बैंकको मोबाइल बैंकिङमा नेपालपे क्युआर आवद्ध
आर्थीकसंसार संवाददाता२७ फागुन, २०७८
२७ फागुन, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?