News Portal

  • सनराइज बैंकद्धारा रेडक्रस सोसाइटीलाई दुई लाख रुपैयाँ सहयोग

    आर्थीकसंसार संवाददाता२६ फागुन, २०७८
    ६३१ पटक
    २६ फागुन, २०७८

    काठमाडौं । सनराइज बैंकले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाको भवन निर्माण गर्न दुई लाख सहयोग गरेको छ । बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपालले, नेपाल रेडक्रस सोसाइटी ईलाम जिल्ला शाखाका सभापति शिव प्रसाद गौतमलाई दुई लाखको चेक हस्तान्तरण गरेका हुन्।
    ईलाम जिल्लामा उक्त रेडक्रसले रक्त सञ्चार, एम्बुलेन्स सेवा, प्राथमिक उपचार सेवा, विपतमा राहत सेवा जस्ता विभिन्न सेवाहरु दिदै आएको छ । निर्माण गर्न लागेको भवन तालिमहल सहितको हुने र त्यसले समुदायमा थप सेवा दिन मदत गर्ने सोसाइटीले जनाएको छ ।
    हालसम्म बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्