काठमाण्डौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीच पहिलो चरणमा कार्यान्वयन गर्न सम्झौता भएको छ ।
एनसीएचएल र नेपाल डिजिटल पेमेन्ट्स लिमिटेड (एनडीपीसी) बीच यससम्बन्धी सम्झौता भएको हो । सम्झौतामा एनडीपीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात एनडीपीसीद्वारा सञ्चालनमा रहेको वालेट नमस्ते पेलाई एनसीएचएलको नेशनल पेमेन्ट स्वीचमा जोडी पहिलो चरणमा उपलब्ध रहेका रिटेल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड बमोजिम नेपाल पे क्यूआर तथा इन्टरनेट वर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरू आफ्ना ग्राहकहरूलाई प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै, विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तरआबद्धता तथा पीएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरू पनि उपलब्ध भएसँगै कार्यान्वयन गर्ने भएको छ ।
उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रूपमा रही रियल टाइम, नन–रियल टाइम तथा ओपन एपीआइकामार्फत बैंक वित्तीय संस्था तथा गैरबैंकिङ्ग संस्थाले ग्राहकलाई थप सेवा प्रदान गर्न सक्छन् । त्यसैगरी, दोश्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीको लागि नेशनल कार्ड स्वीच र नेपालपेमेन्ट कार्डको आवश्यक कार्य अघि बढाइए एनसीएचएलले जानकारी दिएको छ । हाल नेशनल पेमेन्ट स्वीचमा ३८ वटा बैंकरवित्तीय संस्था र ६ भुक्तानी प्रणाली प्रदायक गरी जम्मा ४४ संस्था आबद्ध छन् ।
नेपाल डिजिटल पेमेन्ट्स पनि अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध
आर्थीकसंसार संवाददाता१५ फागुन, २०७८
१५ फागुन, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने