News Portal

  • सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता१३ फागुन, २०७८
    १०१२ पटक
    १३ फागुन, २०७८

    काठमाडौं । सगरमाथा इन्स्योरेन्सले लाभांश घोषणा प्रस्ताव गरेको छ । कम्पनीको हिजो बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
    कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ दशमलव ०५२६३ प्रतिशत नगद लाभांश गरि कुल २० दशमलव ०५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
    कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा समितिले स्वीकृती दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्