News Portal

  • सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा मधुवन नगरपालिकामा

    आर्थीकसंसार संवाददाता३ फागुन, २०७८
    ८३५ पटक
    ३ फागुन, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बर्दिया जिल्लाको मधुवन नगरपालिकामा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले नगरपालिकाको ओराली बजारमा सोमबारबाट ९३औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।
    बैंकले सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी चित्रबहादुर वलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ ।
    यस शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखेको बैंकले जनाएको छ ।
    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १३ लाखभन्दा बढी ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्