आर्थीकसंसार संवाददाता२५ माघ, २०७८
२५ माघ, २०७८काठमाडौं । नेपाल लाइफले नेशनल मर्चेन्ट बैंकर खरिद गरेर आधिकारिक रुपमा ‘नेपाल लाइफ क्यापिटल’ बनाएको छ । मर्चेन्टको मंसिर २७ गतेको विशेष साधारणसभाले आफ्नो चल अचल सम्पत्ती सहित सम्पूर्ण दायित्व नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले खरिद गर्ने प्रस्ताव पारित गरेको थियो । सोहि अनुसार आवस्यक प्रक्रियाका लागि कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा निवेदन दिएको थियो ।
कम्पनी रजिष्ट्रारले सोहीअनुसार कम्पनीलाई अनुमति समेत प्रदान गरेको छ । कम्पनी रजिष्ट्रारले नेशनल मर्चेन्ट बैंकरको नाममा रहेको सम्पूर्ण चलअचल सम्पत्ती तथा तिर्नु व्यहोर्नु पर्ने कर दायित्व आदि परिवर्तित नामको कम्पनीले सकार्ने, व्यहोर्ने गरी नाम परिवर्तन गरी नेपाल लाइफ क्यापिटल कायम गरेको छ ।