काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आफ्नो पाँचौं वार्षिक स्थापना दिवस मनाएको छ । पाँचौं वार्षिक उत्सवको पुर्व सन्ध्यामा गैंडाकोट नगरपालिका–१ मा रहेको नवजीवन अपाङ्ग बाल आश्रममा रहेका अपाङ्ग बालबालिकाहरुका लागि संस्थाको तर्फबाट सहयोग सामग्री वितरण वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रविणकुमार लामा तथा गैंडाकोट नगरपालिका–२ का वडा अध्यक्ष ध्रुवराम पौडेलले संयुक्त रुपमा गरे ।
२०७३ असार ३० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट मिति २०७३ पौष १७ गते वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त गरी २०७३ माघ ७ बाट संस्थाले कारोबार सुरु गरेको थियो ।
संस्थाको चुक्ता पुँजी ४१ करोड ४५ लाख १३ हजार २८४ रहेको छ । यस संस्थाले देशभरी नै लघुवित्त सेवा विस्तार गर्ने अठोट लिएअनुसार कार्यक्रमलाई विस्तार गर्न, लघुवित्त वित्तीय संस्थाहरुमा दोहोरोपनामा कमी ल्याउन, संस्थालाई अझ सक्षम तथा दिगो बनाउन नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी मिति २०७८ भाद्र ४ गतेदेखि एकीकृत कारोबार गरेको यस संस्थाको पहुँच नेपालका सातै प्रदेशका ४१ जिल्लामा रहेको छ ।
वित्तीय संस्थाले हालसम्म विपन्न वर्गका मानिसहरुलाई सहज रुपमा डिजिटल लघु बैकिङ सुविधा उपलब्ध गराउँदै आएको छ ।
इन्फिनिटी लघुवित्तले पाँचौं वार्षिक स्थापना दिवस सम्पन्न
आर्थीकसंसार संवाददाता८ माघ, २०७८
८ माघ, २०७८- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने